संसदीय समितिले बोलाएपछि आउदिन भन्न कसैले पाउँदैन – सभामुख

247
  •  
  •  
  •  

Subash-Nemwang1काठमाडौ, ३० कार्तिक (ओएनएस) : सभामुख सुवास नेम्बाङले ब्यास्थापीका संसदको समितिले बोलाएपछि कसैले पनि आउदिन भन्न नपाउँने बताएका छन् । सिंहदरवारमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सभामुख नेम्बाङले संसदीय सिमितिले बोलाएपछि कुनै पनि निकाय वा ब्यक्तिले आनाकानी गर्न नमिल्ले बताएका हुन् ।

‘संसदीय समितिले बोलाएपछि कसैले पनि आउदिन भन्न मिल्दैन । ’ उनले भने ‘ बोलाइएका ब्यक्ति वा निकायले आफ्ना असन्तुष्टि छ भने संसदीय समितिमा आएर भन्नुपर्छ । ’ अख्तियार दुरुपयोग अनुसन्धायन आयोग र संसदीय समितिहरुबीच टसल चलिरहेको बेला सभामुखले ब्यक्ति र संस्था खुलाएनन् ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीले व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिमा आउन अस्वीकार गरेकै दिन सभामुखको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो । सभासद गगन थापा सभापती रहेको समितिले कार्कीलाई छलफलको लागि बोलाएको थियो । तर सुशासन समितिबाहेक अन्य समितिले आफुहरुलाई बोलाउने अधिकार नभएको भन्दै अख्तियार प्रमुख उपस्थित भएनन् ।

अख्तियारले सुशासन समितिबाहेक अरु समितिले बोलाएको छलफलमा उपस्थिति नहुने भन्दै कृषि समितिलाई पत्र पठाएको थियो । पत्रमा अख्तियारको कात्तिक १८ को बैठकले सुशासन समितिबाहेक अन्य समितिमा उपस्थित नहुने निर्णय गरेको ब्याहोरा लेखिएको छ । अख्तियारले यस सम्बन्धमा अर्थ समितिलाई पनि जानाकारी दिइएको पत्रमा लेखिएको छ ।

कृषि तथा जलस्रोत समितिले जलबिद्युत आयोजनाहरुको लाइसेन्स् खारेज गर्ने अख्तियारको निर्देशनबारे छलफल गर्न कार्कीलाई बोलाएका थियो । तर अख्तियारले नआउने पत्र पठाएपछि समितिले आफुहरुलाई नटेरेको भन्दै कारवाहि गर्न सभामुख नेम्वाङलाई पत्र पठाउने निर्णय गरेको थियो ।


  •  
  •  
  •