सभाध्यक्ष नेम्बाङ छलफलमा, प्रमुख दलका शीर्ष नेता भेट्दै

213
  •  
  •  
  •  

काठमाडौं, २१ मंसिर (ओएनएस) : संविधान जारी गर्ने मिति नजिकिदै गर्दा संबिधानसभाका अध्यक्ष सुवास नेम्वाङले आइतबर अपरान्ह प्रमुख तीन दलका नेताहरुसँग छुट्टा–छुट्टै छलफल गर्दैछन् । नेम्वाङले पर्सि मंगलबार संविधानसभाको बैठक बस्नुअघि संविधान निर्माणको विवादित बिषयमा कसरी अघि बढ्ने भन्ने बारेमा नेताहरुसँग छलफल गर्नेछन् ।

अपरान्ह ३ बजे अध्यक्ष नेम्वाङले एनेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँग छलफल गर्दैछन् । लगत्तै नेम्बाङले काँग्रेस सभापती तथा प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गर्नेछन् । अपरान्ह ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष नेम्बाङले छलफल गर्ने तय भैसकेको छ ।

संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिले प्रतिवदेश बुझाएपछि संबिधानसभाको बैठक पर्सि मंगलबार बस्दैछ । संवाद समितिले विवादित बिषयलाई टुङ्गोमा नपु¥याइकन प्रतिवेदशन पठाएपछि संविधानसभाको बैठकले विवादित बिषयमा निर्णय गर्नेछ ।

दलहरुबीच राज्य पुन संरचना, शासकीय स्वरुप लागयतको बिषयमा विवाद जारी छ । यसअघि आइतबार नै सभामुखले विभिन्न दलका मुख्य÷प्रमुख सचेतक र नेताहरुसँग पनि छलफल गरेका थिए ।

notice


  •  
  •  
  •