गृहमन्त्रीको कदमलाई सभामुखले रोके

167
  •  
  •  
  •  

काठमाडौं,  ९ असार (ओएनएस) : सभामुख सुवास नेम्बाङले संसदमा दर्ता भएको विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकको सुविधासम्बन्धी विधेयक तत्काल अघि नबढाउन निर्दशन दिएका छन् ।

सभामुखले संसद सचिवालयकामहासचिव मनोहरप्रसाद भट्टराईलाई विधेयक तत्काल अघि नबढाउन  निर्देशन दिएका हुन् । यसअघि गृह मन्त्रालयले विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीका लागि आजीवन सुविधा र पेन्सन दिने गरी संसदमा विधेयक दर्ता गराइएको थियो ।

सभामुखले पूर्वपदाधिकारीका लागि आजीवन सुविधा र पेन्सन दिने गरी गृहमन्त्रालयले संसदमा दर्ता गराएको विधेयक उचित नभएको भन्दै अघि नबढाउन निर्देशन दिएका हुन् ।

यसअघि पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मका पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन विलासी गाडी, सरकारी आवास तथा सचिवालयसहितको सुविधा दिने कानुनी व्यवस्था गर्न संसद्मा विधेयक दर्ता भएको थियो ।  पूर्वगृहमन्त्रीहरूलाई समेत ‘सुरक्षा थ्रेट’ का नाममा आजीवन गाडी, इन्धन र मर्मत खर्च दिने प्रस्ताव विधेयकमा छ ।

‘विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीलाई सुरक्षा र सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक’ संसद्बाट पारित भएपछि पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र राष्ट्रियसभाका अध्यक्षहरूले सरकारबाट आजीवन गाडी, आवास र सचिवालय सुविधा पाउन थाल्ने विधेएकमा उल्लेख छ ।


  •  
  •  
  •