संविधानसभा बैठकमा विपक्षीले पनि भाग लिने

93
  •  
  •  
  •  

Subash-Nemwang1काठमाडौं, २३ चैत (ओएनएस) : सोमबार बस्न लागेको संविधानसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएपछि विपक्षी पनि सहभागि हुने भएका छन् । सभाध्यक्ष सुबास नेम्बाङले शाेक प्रस्ताव पारित गर्ने बैठकमा सहभागि हुन आग्रह गरेपछि विपक्षीले पनि बैठकमा भाग लिन लागेका हुन् । यसअघि विपक्षीले बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए ।

एमाले नेता तथा पूर्वसंसद रामनाथ ढकालको निधनप्रति शोक प्रस्ताव पारित गरेर सोमबारको संविधानसभा बैठक स्थगित हुँदैछ । ‘सभाध्यक्षज्यूले विपक्षीलाई शोक प्रस्ताव पारित गर्ने बैठकमा उपस्थित हुन आग्रहपछि विपक्षी मोर्चा छलफलमा जुटेको थियाे । त्यसैले १ बजे बोलाइएको बैठक बस्न ढिलाइ भैरहेको छ । ’ सभाध्यक्ष निकट स्रोतल भन्यो, ‘विपक्षी पनि आजको बैठकमा उपस्थित हुने जानकारी अाएको छ । ’

आजको बैठक कुनै एजेण्डामा छलफल गरि स्थगित हुने भएको छ । पूर्वसभासद कालको निधनका कारण आजको संविधानसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिनेछ । संविधानसभा सचिवालयका अनुसार बैठकले ढकालप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।

शोक प्रस्ताव पारितपछि बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने संसदीय अभ्यास अनुसार बैठक केहीदिन पर सर्नेछ । स्रोतका अनुसार बैठक पाँचदिन पर सार्ने तयारी भइरहेको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुलाई सहमतिको वाताबरण बनाउन बैठक पाँच दिनपछि सार्ने तयारी गरेका छन् ।

यसअघि दलहरूबीच नयाँ संविधानका विवादित अन्तर्वस्तुमा सहमति खोज्ने प्रयास असफल भएपछि बहुमतीय प्रक्रिया अघि बढाउन आज बैठक बोलाइएको थियो । गत माघ ११ देखि सुरु बहुमतीय प्रक्रियामा एमाओवादी सहितका प्रतिपक्षी दल सहभागी छैनन् ।


  •  
  •  
  •