सभाध्यक्षले भने : ‘शीर्ष नेताहरुले एक महिनासम्म के–के गरेछन‍् उनीहरुकै मुखबाट सुन्न चाहन्छु’

158
  •  
  •  
  •  

subash nembang ca chief_काठमाडौं, ३ चैत (ओएनएस) : सभामुख सुवासचन्द्र नेम्बाङले १० दिनका लागि रोकिको संविधानसभा एक महिनासम्म शीर्ष नेताहरुले के–के काम गरेको भनी उनीहरुको मुखबाट सुन्न चाहेको बताएका छन् । नेम्बाङले दलहका शीर्ष तहका नेताहरुकै मुखबाट सबै कुरा सुन्न बुधबार दलका शीर्ष नेताको बैठक समेत डाकेका छन् ।

‘फ्रम द हर्सेस माउथ’ भनेजस्तै शीर्ष नेताहरुका मुखबाटै सुन्न चाहन्छु’, नेम्बाङले भने, ‘त्यसका लागि वातावरण निर्माण गर्न आज प्रमुख सचेतकहरुसँग भेटेको छु नेताहरुलाई साथमा लिएर बैठकमा आउन पनि भनेको छु ।’ नेम्बाङले सहमतिका लागि दुई घण्टा पर्याप्त हुन्छ भन्ने नेताले किन सहमति गर्न सकेनन् भनेर सुन्न पनि बैठक बोलाएको बताए ।

’मैले माघ २९ गते अघि पनि सहमतिकै लागि १८ दिनको समय दिएको थिए, दलहरु सहमतिमा पुगेनन्’, उनले भने, ‘२९ गते पनि दश दिनका लागि समय तोक्न लाग्दा दलहरुकै आग्रहमा अनिश्चित कालका लागि स्थगित गरेको थिए, तर सहमति हुन सकेन भन्ने जानकारी समेत नदिइकन आन्दोलन घोषणा गरेको सुन्दैछु ।’

नेम्बाङले दहरुकै आग्रहमा संविधानसभाको बैठक अनिश्चित कालका लागि स्थगित गरेको भन्दै उनीहरुका धारणा सुनेरमात्र अघि बढ्न लागेको बताए । अव संविधानसभाको बैठक कहिले बोलाउनुहुन्छ त भन्ने प्रश्नमा नेम्बाङले भने, ‘पहिले पनि दलहरुले मिति नतोकी स्थगित गरौं भने, सहमति किन हुन सकेन र अब के भन्छन् सुनौं, त्यसपछि मात्र निर्णयमा पुग्न सकिन्छ ।’


  •  
  •  
  •