सभाध्यक्ष भन्छन् : एकपटक ‘हेलो’समेत नभनी आन्दोलन घोषणा गरेकोमा दुःखी छु

176
  •  
  •  
  •  

Subash-Nemwang1काठमाडौं, २ चैत (ओएनएस) : संविधानसभाका अध्यक्ष सबासचन्द्र नेम्बाङले विपवक्षी मोर्चाको आन्दोलन घोषणप्रति दुःख व्यक्त गरेका छन् । नेम्बाङले संविधानसभालाई एक महिना अबरुद्ध पारेर विना कुनै जानकारी आन्दोलनको घोषणा गरेको भन्दै दुःख व्यक्त गरेका हुन् ।

‘मैले सत्तापक्ष र प्रतिपक्षको वार्ता असफल भएको र विपक्षीले आन्दोलन घोषणा गरेको जानकारी पाएको छु’ आफ्नै कार्यकक्षमा सभाध्यक्ष नेम्बाङले पत्रकारसँग भने, ‘यो एकदमै बेठीक भएको छ, यसबाट म स्तब्ध र दुःखी भएको छु ।’ नेम्बाङले अहिलको अवस्थामा सहमतिको आवश्यकता भएको भन्दै सबैलाई सहमतिको प्रयासका लागि अग्रसर हुन आग्रह गरे ।

नेम्बाङले दलहरुले संविधानसभालाई बेवास्ता गरेको पनि बताए । ‘गत माघ २९ गते दलहरुकै आग्रहमा संविधानसभाको बैठक अर्को सूचना नभएसम्म्का लागि स्थगित गरिएको थियो’, नेम्बाङले भने, ‘१० दिनका लागि भनेर रोकिएको बैठक एक महिना अबरुद्ध पारेर एकपटक हेलो समेत नभनी आन्दोलनको घोषणा गर्नुभयो, म अचम्मीत र दुःखी भएको छु ।’

एक महिनासम्म बैठक स्थगित भएपछि कम्तिमा के–के भयो भनेर जानकारी दिनुपर्ने समेत नैतीकता नदेखाएको उनले बताए । सभाध्यक्ष नेम्बाङले सत्तापक्षका प्रमुख सचेतकहरुलाई आजै डाकेर एक महिना बैठक स्थगित गर्नुको औचित्यबारे सोधेको थिए । प्रमुख सचेतकहरुले दलको बैठकपछि जानकारी दिने बताएका छन् ।


  •  
  •  
  •