राष्ट्रपति निर्वाचनमा सहभागी हुँदैनौं भन्नु गलत : नेम्वाङ

62
  •  
  •  
  •  

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय व्यवस्थामा आएर राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय लिनु गलत भएको टिप्पणी गरेका छन् ।

यसअघि एमालेसहितको गठबन्धन सरकारमा सामेल भएको राप्रपाले सभामुखसहित अन्य पदहरूमा एमाले उम्मेदवारलाई मत दिएको थियो ।

राष्ट्रपतिमा पनि राप्रपाले एमालेलाई मत दिने आकलन थियो । तर राप्रपाले बुधबार मात्रै राष्ट्रपति निर्वाचनमा मतदान नै नगर्ने निर्णय लिएको थियो ।

बिहीबार संसद् भवनमा राष्ट्रपतिको निर्वाचन चलिरहेका बेला राष्ट्रपतिका उम्मेदवार नेम्वाङले राप्रपाको मतदान नै नगर्ने निर्णय लिएर गलत गरेको बताए ।


  •  
  •  
  •