संविधानसभाका अध्यक्ष नेम्वाङ दवावमा

216
  •  
  •  
  •  

Subash-Nemwang1काठमाडौं १४ पुस (ओएनएस) :
दलहरुबीच कुरा नमिल्दा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ माथि दवाव परेकोछ । दलहरूबीच सहमतिको ‘पर्खाइ’मा बसेका संविधानसभा अध्यक्ष नेम्बाङलाई दुईथरी दवाव परेको छ ।

संविधान निर्माण प्रक्रिया सुरु गर्न सत्तासीन दलका सभासद्ले दबाब दिएका छन् भने सहमतिकै पहल गर्न विपक्षीकोदवाव छ ।

दलहरूबीच सहमति हुने आसमा दुई सातादेखि संवाद समितिको प्रतिवेदनमाथिको छलफल तन्काइरहेका नेम्बाङलाई ‘सभाध्यक्ष पद’ को भूमिका निर्वाह गर्न भन्दै दबाब बढाइएको हो।

सत्तासिन दलका सभासदलेप्रक्रियामा जान मिल्ने अन्तरिम संविधान, संविधानसभा नियमावलीका व्यवस्थाबारे लिखित रूपमा ध्यानाकर्षण गराएका छन्।

दलहरूबीच सहमति भएमात्र प्रक्रियामा जान मिल्ने विपक्षीको तर्क छ । दुईथरी अडानकाबीच संविधानसभाका अध्यक्ष माथि दवाव परेको संसद सचिवालयका एक अधिकारीले बताए । सभाध्यक्ष नेम्वाङ दलहरुसँग एक पटक छलफल गरेर आफ्नो कदम अघि बढाउने तयारीमा छन् ।


  •  
  •  
  •