‘संविधान कार्यान्वयनका लागि सबै दलको एकता आवश्यक’

313
  •  
  •  
  •  

पाँचथर, १ चैत्र(ओएनएस) : पूर्व सभामुख तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयनका लागि सबै दल एक भएर लाग्नुपर्ने बताएका छन् ।

नेकपा एमालेले मेची अञ्चलमा सञ्चालन गरेको मेची पहाडी पर्यटन प्रवर्द्धन कार्यक्रमको सोमबार फिदिमस्थित जिविसको प्राङ्गणमा भएको कार्यक्रममा उनले सबै दलले साथ दिए संविधानको कार्यान्वयन गर्न सहज हुने र सफल हुने बताएका छन् ।

नेपाली काँग्रेससहितको राष्ट्रिय सरकार गठन गरेर अघि बढे संविधान कार्यान्वयन सहज हुने उनको भनाई छ । अहिलेको संविधानमा प्रायः अधिकांश पक्षको माग सम्बोधन भएको दावी गर्दै उनले संविधानको विरोध गर्नुको कुनै अर्थ नरहेको बताए ।

कार्यक्रममा ७५ वटै जिल्लाका सभापति एमालेका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।


  •  
  •  
  •