‘जीवनकै सबैभन्दा खुसीको दिन’

420
  •  
  •  
  •  

काठमाडौं ४ असोज । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले संविधान जारी भएको दिन आफ्नो लागि जीवनको सबैभन्दा खुसीको दिन भएको बताउनुभएको छ ।

संविधान जारी भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उन आजको दिन नेपाली जनताको २००७ सालदेखिको चाहना सफल भएको दिन भएको बताए ।

‘संविधानमा सकेसम्म सबैलाई समेट्ने प्रयास भएको हो,’ उनले भने , ‘जो साथी बाहिर हुनुहुन्छ उहाँहरूको पनि धेरै योगदान छ, १०० मा ४-५ कुरा पुगेन भनेर बस्नु हुँदैन, आफूले बनाएको संविधानका आधारमा बाँकी कुरा पनि सँगै बसेर समाधान गर्न सकिन्छ ।’

संविधान बनाउने चुनौती पार भएको बताउँदै उहाँले यसलाई कार्यान्वयन गर्ने अर्को चुनौती रहेका कारण यसमा सबै लाग्नुपर्ने धारणा राखे।

केही दलका असन्तुष्टिलाई सम्बोधन गराउने कुरामा सहजताका लागि आफ्ना तर्फबाट निरन्तर सकारात्मक भूमिका निर्वाह गर्ने सभाध्यक्ष नेम्बाङले जानकारी गराए ।


  •  
  •  
  •