संविधानसभा अध्यक्ष राजनीतिक परामर्शमा

268
  •  
  •  
  •  

Subash-Nemwang1काठमाडौं १५ पुस (ओएनएस) : दलहरुबीच सहमति हुन नसकेपछि संविधान निर्माणलाई निकास दिन संविधानसभा अध्यक्षले सक्रियता देखाएका छन् । संविधान निर्माणको क्रममा जारी विवाद मिलाउने बारेमा आजदेखि उनले परामर्श थाल्दै छन् । आज उनले नेम्वाङ प्रमुख दलका सचेतकहरु र शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् । विवादित विषयमा सहमति नभए कसरी अगाडी बढ्ने भन्ने विषयमा उनले आज दलहरुको राय माग्दैछन् ।

त्यस आधारमा अघि बढ्ने उनको तयारी छ । दिउँसो १ बजे प्रमुख तीन दल र मधेसीमोर्चामा आवद्ध दलका प्रमुख सचेतससँग छलफल गर्ने तयारी छ । दलहरुबीच विवादित विषयमा सहमति नभइरहेको अवस्थामा संविधान निर्माणको भावी प्रक्रियाको बारेमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक पनि भोलिका लागि बोलाइएको छ ।


  •  
  •  
  •