‘जनतासमक्ष गरेका वाचा र प्रतिबद्धता भुल्नु हुँदैन’

238
  •  
  •  
  •  

subash nemwag
subash nemwag

काठमाडौ, ७ चैत(ओएनएस) : संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले राजनीतिक दलहरूबीच ध्रुवीकरण बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।

गिरिजाप्रसाद कोइराला स्मृति सामुदायिक कलेजको दोस्रो स्थापना दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेम्वाङले दलहरूबीच बढेको ध्रुवीकरणका कारण ३७ दिनसम्म स्थगित रहेको संविधानसभा बैठकलाई अझै लामो समयसम्म बढाउनु उचित नहुने बताएका छन् । उनले देशको राजनीतिक संक्रमणले देशलाई समाधान दिन दल र तीनका नेताले सार्थक वार्ता गर्नुपर्ने आवश्यकता औल्याए । उनले दलहरू शीर्ष नेताहरूलाई पुनः परिणाममुखी सार्थक संवाद गर्न आग्रह गरेका छन् ।

उनले चैत अगावै सहमति कायम नभएका विषयमा २४ सै घण्टा छलफल गरेर भएपनि निष्कर्षमा पुग्न दलहरूलाई आग्रह गरे । उनले राजनीतिक दल र तिनका नेता सहमति कायम गर्न सक्षम रहेको भएपनि उनीहरूले सहमति नचाहेका कारण सहमति हुन नसकेको आफूलाई महसुस भएको बताएका छन् । उनले भने, ‘प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन सक्ने दल र तिनका नेताले देशलाई निकास दिन नसक्ने कुरै हुँदैन, दुई घन्टामा सहमति गर्छौं भन्ने शीर्ष नेतृत्व किन संवादहीनताको अवस्थामा अड्किएको हो मैले बुझ्न सकेको छैन । जनतासमक्ष मिलेर जान गरेका वाचा र प्रतिबद्धता भुल्नु हुँदैन ।’


  •  
  •  
  •