संविधानसभालाई संविधानसभा अध्यक्षको लिखित सम्वोधन

47
  •  
  •  
  •  

Subash-Nemwang1काठमाडौ, ९ माघ(ओएनएस) :
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सभासदहरुलाई जानकारी नदिई सम्वोधन गरेका छन् । विपक्षीको नारावाजी कायमै रहेका बेला उनले सम्वोधन सुरु गरेका हुन् । उनले आफुले सहमतिका लागि गरेको प्रयास विफल भएपछि प्रक्रिया जानु परेको बताएका छन् । प्रक्रियामा गएमात्रै निश्चित समयमा संविधान बन्न आफ्नो विश्वास रहेको उनले बताए ।

संविधानसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । विपक्षी दलको निरन्तर अवरोधपछि सभाध्यक्षले शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले करिब अढाइ घण्टाको अवरोध र नाराबाजीपछि संविधानसभालाई लिखित सम्बोधन गरेका हुन् । अढाइघण्टासम्म मौन रहेर विपक्षीको नाराबाजी सुनेका सभाध्यक्षले नेम्वाङले संविधानसभाको बैठकलाई सम्वोधन गर्दै दलहरुले नियम र संविधान विपरित काम गरेको बताए ।

सभाध्यक्ष नेम्वाङले सभासद्हरूको नाराबाजी र अवरोधका कारण संविधान जारी गर्ने भनेर दलहरूले गरेको प्रतिबद्धता पुरा गर्न नसकेको बताउँदै यसले आफूलाई निकै दुःखी र मर्माहत बनाएको बताएका छन् ।

उनले प्रक्रिया सूरू भएको घोषणा गर्दै संविधानसभाको बैठक स्थगित गर्ने क्रममा सम्बोधन गर्दै संविधान निर्माणकालागी यो नै अन्तिम दिन नभएको बताएका छन् । उनले दलहरूले गरेको प्रतिबद्धता अनुसार १ वर्षमा संविधान दिन नसके पनि संविधान निर्माण गर्नका लागि ३ वर्ष बाँकी रहेको बताएका छन् ।
सभासद्हरूले संविधानसभाको बैठक अवरूद्ध गरेर दलहरूको विश्वसनीयतामाथी सबैले आशंका गर्ने ठाऊँ राख्न दिन नहुने उनको भनाई छ ।


  •  
  •  
  •