यातायातमा मूल्य घटाउन विद्यार्थी संगठनहरुको माग

124
  •  
  •  
  •  

काठमाडौं १४, कात्तिक(ओएनएस) : विद्यार्थी संगठनहरुले सार्वजनिक यातायातमा मूल्य घटाउन माग गरेका छन् ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलिय पदार्थको मूल्य घटेको भन्दैसार्वजनिक यातायातमा मूल्य घटाई समायोजन गर्न माग गरेका हुन् ।
शुक्रबार बसेको संयुक्त विद्यार्थी आन्दोलनको बैठकले सार्वजनिक यातायातले विद्यार्थी सहुलियत नदिने क्रम बढेको भन्दै सार्वजनिक विदाको दिन सहुलीयत दिन अटेरी गर्नेहरुलाई त्यस्ता गतिविधि नगर्न चेतावनी समेत दिएका छन् ।

बैठकले सार्वजनिक यातायात सञ्चालनको उचित मापदण्ड बनाएर दुर्घटना शून्य यात्रा बनाउनेतर्फ ध्यान दिन आग्रह गरेको छ ।

विद्यार्थी संगठनहरुले समयमै संविधान जारी गर्नु अनिवार्य भएकाले त्यसका लागि उपयुक्त वातावरण बनाई संविधान निर्माणमा ध्यान केन्द्रित दल र संविधानसभालाई आग्रह गर्ने निर्णय गर्दै सबै राजनीतिक दलहरूलाई एक हप्ताभित्र ध्यानाकर्षण पत्र बुझाउने भएका छन् ।


  •  
  •  
  •