विद्यार्थी संगठनले गर्ने भए विद्यालय अनुगमन

150
  •  
  •  
  •  

काठमाडौँ, २१ बैशाख(ओएनएस) : संयुक्त विद्यार्थी संगठनहरूले मनोमानी रूपमा शुल्क असुल्ने विद्यालयहरूमा अनुगमन गर्ने भएको छ ।

आज नेपाल विद्यार्थी संघको कार्यालयमा बसेको संगठनको बैठकले १३ ओटा अनुगमन समिति बनाएर अनुगमन सुरू गर्ने निर्णय गरेको हो । अनुगमन समितिले पहिलो चरणमा विशिष्ट श्रेणीका विद्यालयमा अनुगमन गर्ने छ । संगठनहरूले गत बैशाख ६ गते भएको १० बुँदे सहमति लागू गराउनका लागि शसक्त रुपमा दवाव दिने निर्णय समेत गरेको छ ।

यस्तै, संगठनले प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई भेटेर शिक्षा क्षेत्रमा बजेट बढाउनका लागि ध्यानाकर्षण गराउने भएको छ । रोजगारीको माग गर्दै खुलामञ्चमा युवाहरूले गरेको आमरण अनशन तत्काल वार्ताबाट सम्बोधन गरेर जीवन रक्षा गर्न सरकारलाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ । संगठनले शिक्षासँग सम्बन्धित र विद्यार्थी राजनीतिमा संलग्न व्यक्तिहरूबीच अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

साथै, श्रमजीवी पत्रकारहरूको न्युनतम पारिश्रमिक तत्काल कडाइका साथ गराउन सरकारको ध्यानाकर्षण गराउने र श्रमजीवी श्रमिकको न्युनतम पारिश्रमिक कायम गर्न अपिल गर्ने संगठनको बैठकले निर्णय गरेको नेविसंघका प्रवक्ता युपि लामिछानेले जानकारी दिएका छन् ।


  •  
  •  
  •