विद्यार्थी संगठनद्धारा प्रधानमन्त्रीलाई भाडा समायोजनका विषयमा ध्यानाकर्षण

202
  •  
  •  
  •  

student unionकाठमाडौ, ३ पुस(ओएनएस) : यातायातको भाडा समायोजन तथा समयमै संविधान निर्माण गरिनुपर्ने भन्दै दवाव अभियानका कार्यक्रम गर्दै आएका विभिन्न विद्यार्थी संघले प्रधानमन्त्रीलाई भेटेर उक्त विषयमा ध्यानाकर्षण गराएका छन् ।

आज बिहान प्रधानमन्त्री निवासमा विद्यार्थी संगठनहरूको एक टोलीले प्रधानमन्त्रीलाई भेटेर पेट्रोलियलम पदार्थको मूल्य घटे पनि यातायातको भाडा समायोजन नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् । उनीहरुले प्रधानमन्त्रीलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

छलफलका क्रममा प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्य अनुसार यातायातको भाडा समायोजनका लागि आफूले निर्देशन दिइसकेको बताएका थिए । उनले आफूले सम्बन्धित निकायलाई यस विषयमा निर्देशन दिएको र यातायातको मूल्य चाँडै नै समायोजन हुने आश्वासन दिएका छन् ।

यस्तै, उनीहरूले माघ ८ भित्रै संविधान जारी गर्नुपर्ने वियषमा पनि प्रधानमन्त्रीसँग छलफल गरेका थिए । यस क्रममा प्रधानमन्त्रीले सहमतिको प्रक्रिया अघि बढिरहेको र दलहरू चाँडै नै सहमतिमा पुगेर विवादित विषयको टुङ्गो लाग्ने बताएका छन् । उनले सहमति भए माघ ८ मा संविधान जारी गर्न कुनै अप्ठ्यारो नहुने धारणा समेत व्यक्त गरेका थिए ।

तस्विरः आरसी लामिछानेको फेसबुकबाट


  •  
  •  
  •