कालोबजारीविरूद्व संयुक्त विद्यार्थी संगठनको आन्दोलन

222
  •  
  •  
  •  

काठमाडौँ, १९ चैत(ओएनएस) : बजारमा देखिएको कालोबजारी विरुद्ध विद्यार्थीहरुले आन्दोलन सुरु गरेका छन् ।

आज संयुक्त विद्यार्थी संगठनहरूले खबरदारी जुलुस गर्ने भएका हुन् । कालोबजारी, महङ्गी, भ्रष्टाचार र माफियाविरुद्व विद्यार्थी संगठनले विरोध जुलुस गर्ने भएका छन् । नाकाकबन्दीको अन्त्य भइपछि पनि कालोबजारी नियन्त्रण नभएको भन्दै सरकारमा रहेका दलहरुका विद्यार्थी संगठनसहित १३ विद्यार्थी संगठनले आन्दोनल गर्न लागेका हुन् ।

कालोबजारीकाविरुद्वमा लामो समयदेखि विभिन्न कार्यक्रममार्फत विरोध जनाउँदै आएका विद्यार्थी संगठनले नाकाबन्दीपछि पेट्रोलियम पदार्थ, ईन्धन, खाद्यान्न लगायतमा मुल्य बृद्धि भएको भन्दै विरोध गर्न लागिएको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिएका थिए । कालोबजारी नियन्त्रण नभएसम्म आन्दोलन जारी राख्ने पनि उनले बताए ।


  •  
  •  
  •