विद्यार्थी संगठनहरुद्वारा बाढी पीडितका लागि राहत कोष निर्माण

131
  •  
  •  
  •  

student
काठमाडौं, ३० साउन (ओएनएस) : देशमा भएको प्राकृति विपत्तीपछि पीडितहरुको सहयोगका लागि संयुक्त विद्यार्थी संगठनहरुले राहत कोष निर्माण गरेका छन् ।

सोमबार अनेरास्ववियुको कार्यालयमा बसेको संयक्त विद्यार्थी संगठनहरुको बैठकले प्रारम्भमा तीन लाख पचास हजारको राहत कोष निर्माण गरेको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए ।

साथै बैठकले देशभरका बाढी पहिरो पीडितको सहयोगका लागि सबैमा उद्धार र राहातमा जुट्न अनुरोध गरेको छ ।
बैठकले देशभर आएको प्राकृति विपत्तिबारे गम्भीर छलफल गर्दै विभिन्न निर्णहरु समेत गरेको छ ।

बैठकले तत्काल उद्दार तथा राहत उपलब्ध गराउन र कोशी बाँधका ढोका खोल्ने कुटनीतिक पहल गर्न नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने, जननिर्वाचित (सांसद) स्थानीय तहका जनप्रतिनिधिहरूले १ महिनाको र राष्ट्र सेवक कर्मचारीले १ हप्ताको तलव नेपाल सरकारको राहत कोषमा उपलब्ध गराउन अपिल गर्ने, प्रभावित २६ जिल्लामा सबै संगठनहरू संयुक्तरूपमा परिचालित हुन निर्देश गर्ने निर्णय गरेको छ ।


  •  
  •  
  •