ऊर्जामन्त्री पुन पुगे रोल्पा, चार विद्यार्थीलाई गरे जनही दश हजार सहयोग

274
  •  
  •  
  •  

काठमाडौं, ६ वैशाख (ओएनएस): ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुन बुधबार रोल्पा पुगेर चार गरिब विद्यार्थीलाई जनही दश हजार रुपैयाँको सहयोग गरेका छन्।

मन्त्री पुन उक्त सहयोग रकम हस्तान्तरण गर्दै विद्यालय भर्ना अभियानको उद्घाटन समेत गरेका हुन्।

राष्ट्रिय भर्ना अभियानअन्तर्गत सदरमुकाम लिवाङमा रहेको बाल कल्याण नमुना माविका कक्षा १ मा कविता शाही, कक्षा २ मा बबिता शाही, कक्षा ३ मा प्रशंसा सेन र कक्षा १० मा छवीन्द्र विष्टलाई भर्ना गरेसँगै शैक्षिक सहयोगस्वरुप जनही उक्त रकम हस्तान्तरण गरे।

भर्ना गरिएका चारै विद्यार्थीको आर्थिक अवस्था कमजोर हुनुका साथै घरमा बाबुसमेत नभएकाले मन्त्री पुनले शैक्षिक सहयोग गरेको प्रधानाध्यापक मधुसुदन पोख्रेलले बताए। उनीहरुलाई सो विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्थासमेत गरिन लागेको प्रधानाध्यापक पोख्रेलले जानकारी दिए।


  •  
  •  
  •