स्ववियू चुनावको मिति तोक्न विद्यार्थी संगठनको आग्रह

248
  •  
  •  
  •  

काठमाडौं ९ बैशाख (ओएनएस) : शिक्षा मन्त्रालयसँग भएको सहमति कार्यान्वयनबारे विद्यार्थी संगठनले सयुक्त दवाव दिने भएका छन् । निजी विद्यालयले बढाएको शुल्क फिर्ता लिने विषयमा भएको सहमति कार्यान्वयन नआएको भन्दै विद्यार्थी संगठनहरुले दवाव दिन लागेका हुन् ।

विद्यार्थी संगठनहरुको बुधबार विहान बसेको संयुक्त बैठकले सरकारसँग भयको सहमति कार्यान्वयनमा केन्द्रित रहने र स्ववियू चुनाममा जाने सहमति गरेको छ । सरकारसँग भएको सहमति कार्यान्वयन, स्ववियु चुनावको मिति घोषणा लगायतका विषयमा छलफल भएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

उनका अनुसार सहमति कार्यान्वयन नभए फेरि आन्दोलनमा जाने तयारी छ । विद्यार्थी संगठनको संयुक्त बैठकले विद्यमान नीति र प्रणाली भित्र रहि स्वतन्त्र विद्यार्थी यूनियनको वातावरण तयार गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ ।

Student Union 1 Student Union 2


  •  
  •  
  •