काठमाडौँमा हावाहुरीको आतंक…(फोटोफिचर)

410
  •  
  •  
  •  

काठमाडौँ, १६ चैत(ओएनएस) : काडमाडौँमा सोमबार तीब्र गतिको हावाहुरी चलेको छ । यसले जनजीवन प्रभावित भएको थियो । ठाउँठाउँमा गमला, होर्डिङबोर्ड र अन्य सामानहरु खसेका थिए ।

ठाउँठाउँमा सडक बिस्तार र स्तरोन्नतिका लागि खनिएका सडकका कारण राजधानीको आकाशमा धुलोको मुस्लो मडारिएको थियो । सडक धूलोले छोपिएका कारण आफ्नो अगाडिको दृश्य समेत देख्न नसक्ने अवस्थामा पुगेको थियो । हावाहुरी ३५ किलोमिटर प्रतिघन्टाका दरले उत्तरी र उत्तर–पश्चिम क्षेत्रबाट दक्षिण र दक्षिणपूर्वी दिशामा बहेको वैज्ञानिकहरुले बताएका छन् ।

त्रिचन्द्र अगाडि रुख ढल्दा मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए भने स्वयम्भू, बालाजु लगायतका ठाऊँमा गरी ७ जना घइाते भएको विवरण प्रहरीले दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु हावाहुरीका कारण प्रभावित भएका छन् । विमानस्थल आधा घण्टाभन्दा बढी समय अवरूद्ध भएको थियो ।

हेरौ उक्त हावाहुरीका केही तस्विरहरूः

hawahuri in ktm5 hawahuri in ktm hawahuri in ktm1 hawahuri in ktm2 hawahuri in ktm3 hawahuri in ktm4


  •  
  •  
  •