धुन्चे, १० चैत(ओएनएस) : बिहानदेखी चलेको हावाहुरीका कारण रसुवाको सदरमुकाम धुन्चेलगायत आसपासका क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
हावाहुरीका कारण भूकम्पपीडितका टहराहरू उडाएको छ । हावाहुरीका कारण हिडडुल समेत गर्ने अवस्था समेत नरहेको र हावाहुरीका कारण जस्ताको टहरामा बस्ने र त्रिपाल तथा टेन्टमा बसिरहेका भूकम्पपीडितहरू पनि समस्यामा परेका छन् ।
रसुवा जिल्ला प्रहरीले नागरिकलाई सकेसम्म सुरक्षित स्थानमा बस्नका लागि आग्रह गरेको छ । हावाहुरीले टहराहरू उडाएपछि टहरामा बसिरहेकाहरू थप समस्यामा परेका छन् । बासको समेत समस्या हुने देखिएको छ ।