दशैपछि आन्दोलन शुरू गर्छौः अध्यक्ष दाहाल

180
  •  
  •  
  •  

dahalकाठमाडौ, ७ भदौ (ओएनएस) : एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालले दशैपछि आन्दोलन सुरू गर्ने चेतावनी दिएका छन् ।

संघीय गणतान्त्रिक मोर्चाले आज काठमाडौं आयोजना गरेको अन्तक्रिया कार्यक्रममा दाहालले दशै अघि संविधानका विवादित विषयमा सहमतिको खाका नआए आन्दोलन सुरू गर्ने र सडकबाटै संविधान जारी गर्ने चेतावनी दिएका हुन् ।

दुईदिन अघि कांग्रेस संगको छलफलमा संबिधान निर्माणका विवादीत बिषयमा सहमति गरेर जानुपर्ने अडान राखेका अध्यक्ष दाहालले भदौभित्र सहमतिको खाका नआए असोजदेखि आन्दोलनमा जाने कांग्रेस एमालेलाई चेतावनी दिएका हुन् ।

उनले भदौभित्रै विवादित विषयमा सहमति गरिसक्नुपर्ने बताउदै सहमति नभए कार्यतालिका अनुसार प्रकृयामा गएर भएपनि अन्तिम निर्णयमा पुग्नुपर्नेमा जोड दिए ।


  •  
  •  
  •