मजदुरले मागे बन्द–हड्ताल गर्न पाउने अधिकार

126
  •  
  •  
  •  

काठमाडौं, ६ फागुन (ओएनएस)) :  अन्तर्राष्ट्रिय श्रम संगठनले मजदुरहरुको हड्ताल गर्न पाउनुपर्ने अधिकारलाई रोजगारदाताहरुले खोस्ने प्रयास गरेको भन्दै त्यसको विरुद्धमा विश्वभरीका ट्रेड युनियनहरुले ‘ग्लोबल एक्सन डे’ मनाईरहेका वेला नेपाल आवद्ध काउन्सिलले पनि बन्द, हड्ताल विरुद्धको हमला रोक्नका लागि अगाडि बढ्ने घोषणा गरेको छ ।

नेपालआवद्ध काउन्सिलले बुधबार पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटियुसी)ले विश्वभरि नै बन्द हड्ताल गर्न पाउनु पर्ने अधिकारको सुनिश्चितताका लागि ग्लोबल एक्सन डे मनार्इ रहेको सन्दर्भ पारेर नेपाल आवद्ध काउन्सिलजसमा जिफन्ट, नेपाल टे«ड यूनियनकाँग्रेस र अखिल नेपाल ट्रेड यूनियन महासंघले संयुक्त रुपमा बन्द, हडताल विरुद्धको हमला रोक्न एक भएर उत्रने घोषणा गरेका हुन् ।

नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विष्णु रिमालले बन्द हडतालको मजदुरको हक अधिकार आई.एल.ओले नै प्रत्याभूत गरेको भन्दै उक्त अधिकारलाई केही रोजगार दाताहरुले खोस्ने प्रयास गरेकाले नेपाल आवद्ध काउन्सिल पनि पूर्ण रुपमा एक भएर त्यसका विरुद्धमा लाग्ने बताए ।

विष्णु रिमालको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल ट्रेड यूनियन काँग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुँवर र अखिल नेपाल टे«ड यूनियन महासंघका महासचिव गणेश रेग्मीले पनिआफ्नो भनाई राखेका थिए ।  विश्वभरिका ९० वटा देशको संविधानले नै हड्तालको अधिकार प्रत्याभुत गरेको भन्दै उक्त अधिकारलाई रक्षा गर्न नेपालका श्रम संगठन पनि एक भएर लाग्ने बताएका हुन् ।


  •  
  •  
  •