माघ ९ सम्म बन्दै-बन्द र हड्ताल

365
  •  
  •  
  •  

काठमाडौ, २९ पुस(ओएनएस) : संविधान जारी गर्ने समय नजिकिँदै गर्दा कोहीले संविधान जारी गर्न दवाव दिने त कोहीले संविधान जारी गर्न नहुने भन्दै बन्दको श्रृंखला सुरू गरेका छन् । जताबाट पनि जनताले सास्ती पाउने यो बन्दको श्रृंखला आगामी माघ ८ सम्म चल्नेछ ।

संविधान सहमतिमा जारी गर्नुपर्ने भन्दै संविधानसभामा विपक्षीको भूमिका निभाईरहेको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले पनि बन्दको आयोजना गरिरहेको छ भने एमाओवादीबाटै छुट्टिएको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले पनि बन्दको आयोजना गरिरहेका छन् । यी दुवैको बन्दको श्रृंखला आगामी ८ गतेसम्मका लागि आव्हान गरिएको छ ।

यस्तो छ बन्दका कार्यक्रमः
– पुस २९ – एमाओवादीको नेवा तथा ताम्सालिङ क्षेत्र बन्द,
– पुस २९ – मोहन वैद्यको मध्यमाञ्चल विकास क्षेत्र बन्द
– माघ २ – मोहन वैद्यको आमहड्ताल
– माघ २ – आमहड्ताल
– माघ ३ – मोहन वैद्यको नेपाल बन्द
– माघ ५ – एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको नेपाल बन्द
– माघ ८ – मोहन वैद्यको नेपाल बन्द
– माघ ८ – सनातन हिन्दु मोर्चाको संविधानसभा भवन अगाडि हिन्दु राज्यको माग गर्दै धर्ना कार्यक्रम
– माघ ९ – मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले संविधान जारी भए जलाउने कार्यक्रम


  •  
  •  
  •