तराई बन्द १ दिनका लागि फिर्ता

247
  •  
  •  
  •  

काठमाडौँ, ८ असोज(ओएनएस) : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराईका जिल्ला बन्द आव्हान आज शुक्रबारका लागि फिर्ता लिएको छ । मोर्चाको करिब एक महिनाभन्दा लामो समयदेखीको बन्द बकर ईद मनाउनका लागि भन्दै आज एक दिन फिर्ता लिएको छ ।

मोर्चाले बिहिबार बर्दियामा पत्रकार सम्मेलन गर्दै शुक्रबार यातायात तथा बजार सुचारू हुन दिने निर्णय गरेको हो । पत्रकार सम्मेलनमा मोर्चाका नेताहरूले आइतबारदेखी सरकारी कार्यालय, वित्तिय संस्था, भन्सार नाका बन्द गराउने चेतावनी दिएका छन् ।

मेची–महाकाली हुलाकी राजमार्गमा मानव शृङ्खला निर्माण गरी हातेमालो कार्यक्रम गरिने मोर्चाले जनाएको छ ।


  •  
  •  
  •