बन्दकर्ता र व्यापारीबीच झडप

169
  •  
  •  
  •  

झापा २८ पुस (ओएनएस) : एमाओवादी नेतृत्वको विपक्षी ३० दलीय मोर्चाले गरेको बन्दका क्रममा झापामा बन्दकर्ता र व्यापारीबीच झडप भएको छ ।

झापा सदरमुकाम भद्रपुरमा बन्दकर्ता र व्यापारीबीच झडप हुँदा बन्दकर्ता रञ्जितकुमार सिन्हा घाइते भएका छन् । झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीबजार बन्द गराउने क्रममा झडप भएको थियो ।

बन्दकर्ताको समूहले बजार बन्द गराउन आएपछि चन्द्रगढीका व्यापारीहरु बन्दको विरोधमा उत्रिएपछि दुवै समूहबीच झडप भएको थियो । झडपपछि अहिले चोक–चोकमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने हाल चन्द्रगढीका पसल बन्द रहेका छन् ।

व्यापारिक समूहले गरिखान नदिने प्रवृत्ति अन्त्य गर, व्यापारिक ऋण तिरिदे, बालबच्चा पालनपोषणको जिम्मा लिई अनिमात्र बन्द गर भन्दै चर्का नाराबाजी गर्दै प्रतिकार पनि गरेका थिए ।


  •  
  •  
  •