दङ्गा र आगलागीको घटनामा परी भेनेजुएलामा कम्तीमा ६८ को मृत्यु

642
  •  
  •  
  •  

काठमाण्डौ, १५ चैत्र : भेनेजुएलाको भ्यालेन्सिया शहरस्थित एउटा प्रहरी चौकीमा भएको दङ्गा र आगलागीको घटनामा कम्तीमा ६८ जनाको ज्यान गएको छ ।

बुधवार थुनुवाहरूले भाग्ने प्रयासस्वरूप म्याट्रेसहरूमा आगो लगाएपछि आगलागी सुरू भएको जनाइएको छ । आगलागीको खबरपछि प्रहरी चौकीको चारैतिर भेला भएका थुनुवाका आफन्तहरूलाई तितरबितर पार्न प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो।

घटना भएको काराबोबो राज्यका एकजना अधिकारीले आगलागीको घटनापछि एक प्रहरीलाई गोली हानिएको र अहिले स्थिति नियन्त्रणमा अाएको बताए ।

थुनुवाका आफन्तहरूले धूँवाले निसासिएर धेरैजनाको ज्यान गएको बताएका छन् । मृत्यु हुनेमा थुनुवाहरूलाई भेट्न गएका महिला तथा बालबालिका पनि छन्।

कैदीहरूले खचाखच भेनेजुएलाका जेलहरूमा हिंसा र हिंसात्मक झडप यो पहिलो भने होइन ।


  •  
  •  
  •