१८ बर्षिया किशोरीले कुकुरसँग विवाह गरेपछि (फोटोफिचर)

773
  •  
  •  
  •  

भारतको भारखण्डस्थित एक गाउँमा एक १८ वर्षीया किशोरीको विवाह कुकुरसँग भएको छ मंगली मुण्डा नामकी ती किशोरीको एक परम्परागत समारोहबीच शेरु नामको भाले कुकुरसँग विहे गरिएको हो ।

उनको भाग्य खराब रहेको र सुरुमा कुनै पुरुषसँग बिहे गरेमा ग्रहदशाले निकै नराम्रो फल दिने भनेर एक गुरुले भविष्यवाणी गरेपछि उनले नै दिएको सल्लाह बमोजिम पूर्वी भारतको एक गाउँकी ती युवतीको कुकुरसँग बिहे गराइयो ।

अहिलेसम्म स्कुल नगएकी निरक्षर मंगलीले आफुलाई कुकुरसँग बिहे गर्दा खुसी नलागेको भएपनि अब आफ्नो भाग्य बदलिने विश्वास व्यक्त गरेकी छिन् । ‘गाउँका बुढापाकाकै सल्लाह अनुसार मैले कुकुरसँग बिहे गरेकी हुँ र मेरो खराब दशा अब कुकुरमा सर्नेछ’ उनले भनेकी छिन् ।

उक्त गाउँमा यसअघि पनि खराब दशा भएका किशोरीहरुको कुकुरसँग बिहे गरिदिएर ग्रहशान्ती गर्ने चलन रहेछ । कुकुरसँग बिहे गर्ने केटीहरुलाई झनै राम्रो मानिँदो रहेछ ।

मंगली भन्छिन्, ‘मैले एक दिन कुनै पुरुषसँग बिहे गर्नेछु । आफ्नो मन परेको राजकुमारसँग बिहे गर्ने सबै केटीहरुको सपना हुन्छ । त्यसैले मैले पनि मेरो राजकुमारलाई पर्खिरहेकी छु ।’

एजेन्सीको सहयोगमा

2

1

4


  •  
  •  
  •