७ बर्षपछि नेप्से ९ सय बिन्दु माथी

342
  •  
  •  
  •  

काठमाडौं, २९ जेठ (ओएनएस) : संविधानसभा निर्वाचनपछि लगातार उकालो लागेको शेयर बजार ६ बर्ष अधिको अबस्थामा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से ६ बर्षपछि ९ सय बिन्दु भन्दा माथी पुगेको छ । साताको अन्तिम दिन विहिबार २ दशमलव ५४ अंबले बढेर नेप्से ९ सय २ दशमलव शून्य ७ बिन्दुमा पुगेको हो ।

यसअघि २०६४ कात्तिक २ गते नेप्से ९ सय २ बिन्द्युमा थियो । जलबिद्युत, बिमा र अन्य समूह बाहेकका समूहको शेयर बढ्दा समग्र नेप्से बढेको हो । १ सय ३६ कम्पनीका ३ हजार ९ सय ६१ कारोबारवाट ५२ करोड २९ लाख बराबरका शेयर खरिद बिक्री भएका छन् ।
तत्कालिन अर्थमन्त्री डा बावुराम भट्टराइले शेयर बजारलाइ ‘जुवाघर’को संज्ञा दिएपछि नेप्से लगातार ओरालो लागेको थियो । उदारवादी अर्थतन्त्रका पक्षधर काग्रेस–एमालेको नेतृत्वमा सरकार बनेपछि शेयर बजारमा फेरी सुधार देखिएको हो ।


  •  
  •  
  •