‘आउनुहोस् नेता जी हाम्रो गन्तव्यको आरम्भ गरौं’

691
  •  
  •  
  •  

चुनाव सबैलाई एकैनाश हुँदैन नेता जी
यो कसैलाई फलिफाप हुन सक्छ, यो कसैलाई अफाप हुन सक्छ
चुनावले कतिलाई शिखकन्दनी बनाएको छ भने
चुनावले कतिलाई मालामाल बनाएको छ ।

नेता जी हरुलाई पहिले चुनावमा हुम्मिनै साह्रो
हुम्मिसकेपछि चुनावबाट बाहिर बस्नै अप्ठ्यारो
यस्ता चुनावबाट नेता जी हरु खारिन्छन् पनि
हो,

आदर्शको कुरा फलाक्नेहरु नेता हुन्छ भन्छन्
एकले अर्कालाई परास्त गर्नेहरु मात्र सपना बुन्नेहरु नेता हुन्छ भन्छन्
अनि कसैलाई काखी च्याप्ने र कसैलाई पाखा लगाउने पनि नेता हुन्छ भन्छन्

अनि भन्छन्
यस्ता नेताहरुलाई आफ्नो लुगा भन्दा झण्डा प्यारो हुन्छ रे
अनि यता वस्तीमा अब
जिन्दावाद र मुर्दावादको हुरी चल्न थाले जस्तो छ
जहाँ हाम्रो एकता खल्बल्याएर
अझै विभाजन गराउने दौड शुरु हुँदैछ

त्यसैले आउनुहोस् नेता जी
हामी हाम्रो भोको र नाङ्गो शरिर लिएर
तपाई र हामीसँगसँगै
त्यो गन्तव्यको आरम्भ गरौँ
कसले रोक्न सक्छ हामीलाई ।

स्थिर बाबु घिमिरे
अध्यक्ष, चिति साहित्य समाज लमजुङ ।


  •  
  •  
  •