डेल स्टेनको पहिलो बलनै थाम्न सकेन म्याक्सवेलको ब्याटले

190
  •  
  •  
  •  

glenn-maxwell-bat-crackकाठमाडौ, ६ मंसिर(एजेन्सी) : अन्तराष्ट्रिय खेलहरूमा खेलाडीहरूले प्रयोग गर्ने ब्याट तथा अन्य सामग्री ब्राण्डेड कम्पनीका हुन्छन् । तर, यस्ता ब्राण्डेड कम्पनीको ब्याटले एक बलको पनि सामना गर्न नसक्नुलाई भने के भन्ने ?

हो शुक्रबार अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भएको एकदिवसीय खेलका क्रममा अष्ट्रेलियाली ब्याटस्म्यान ग्लेन म्याक्सवेलले प्रयोग गरेको ब्याट पहिलो बलमा नै भाच्चिएको थियो । डेल स्टेनले गरेको पहिलो बलमा नै म्याक्सवेलको ब्याट भाच्चिएको थियो । २३ औ ओभरमा म्याक्सवेल ब्याटिङका लागि आएका थिए । उनलाई पहिलो बल डेल स्टेनले गरेका थिए । पहिलो बलमा नै म्याक्सवेलको ब्याट दुईटुक्रा भएको थियो ।

ब्याट भाचिए पनि म्याक्सवेलले रन लिँदै खाता भने खोलेका थिए । तर, उनी लामो समय क्रिजमा भने रहन सकेनन्, उनलाई २५ औ ओभरमा डेल स्टेनले नै आउट गराए ।


  •  
  •  
  •