दक्षिण एसियाको शैक्षिक अवस्था दयनीय – विश्व बैंक

120
  •  
  •  
  •  

सम्झना गैरे
असार १९ (ओएनएस) – विश्व बैंकले दक्षिण एसियाली राष्ट्रहरूको शैक्षिक अवस्था निकै कमजोर रहेको बताएको छ । बैंकले सार्वजनिक गरेको रिपोर्टका अनुसार दक्षिण एसियाका अधिकांश बालबालिकाको शैक्षिक अवस्था कमजोर देखिएको छ ।

प्रबिधिले चुनौती दिँदै आइरहेको अवस्थामा बालबालिका शिक्षाबाट वच्चित हुनुपरेको खवरले सबैलाई स्तब्ध बनाएको छ । अध्यायनका अनुसार दक्षिण एसियाका ८ देखि १४ बर्षका १३ लाख बालबालिका शिक्षाको ज्योतीबाट बञ्चित छन् । जती बिद्यालय जान्छन्, उनीहरूको पनि शैक्षिक अवस्थासमेत नाजुक रहेको रिपोर्टमा उल्लेख छ ।

विद्यालय भर्ना हुने एक तिहाई विद्यार्थीले प्राथमिक स्तरको शिक्षा मात्र हासिल गरेको देखिन्छ । अध्ययनले दक्षिण एसियाको शैक्षिक स्तर सुधार्नु आफैमा चुनौतीपूर्ण काम भएको किटान गरेको छ । २१औं शताब्दीमा परिवारमा पहिलो पटक विद्यालय जाने बालबालिकाको संख्या अत्याधिक रहेको रिपोर्टमा समेटिएको छ । देशमा बढ्दो आन्तरिक द्वन्द्वका कारण बालबालिका शिक्षाको अधिकारबाट बञ्चित हुनुपरेको तथ्यमा अध्ययनले जोड दिएको छ । सरकारी तवरबाट शैक्षिक अवस्थालाई सुधार्न खासै पहल नभएको अवस्थामा लेख्ने पढ्ने उमेरका बालबालिका मजदुरी गर्न बाध्य भएको दयनीय अवस्थाको चित्रण अध्यनमा गरिएको छ ।

jumla
Photo by – Action Works Nepal

विश्व बैकंले शिक्षाको विकराल रुप सार्वजनिक गर्नु अगावै एक्सन वर्क नेपालले विकट जिल्ला जुम्लाको तीन प्राथमिक विद्यालयको शैक्षिक अवस्थाबारे अध्ययन गरेको थियो । अध्ययनका आधारमा सार्वजनिक गरिएको रिपोर्टमा जुम्लामा ८० प्रतिशत भन्दा बढी बालबालिका लेख्न पढ्न जान्दैनन् । उनीहरू ३ कक्षामा पढुन वा ७ कक्षामा शैक्षिक स्तर भने शून्य प्रायः भेटियो । विश्व बैंकका दक्षिण एसिया प्रमुख फिलिप ले हाउइरौै आफ्नो क्षेत्रमा देखा परेको शिक्षाको बिकराल रुपबारे यस्तो धारणा सार्वजनिक गरेका छन्, ‘विद्यालयमा समय व्यतित गर्नु मात्र ठूलो कुरा होइन । जीवन यापनका लागि महत्वपूर्ण सीप सिक्नु र जीवनलाई सुर्धान सक्नुनै वास्तविक शिक्षा हो ।’

एक्सन वर्कका तर्फबाट अध्ययनमा खटिएकी राधा पौडेल भन्छिन्, ‘सबैका लागि शिक्षा भन्ने नाराले भर्ना दर त बढायो तर, बालबालिका नियमित स्कुल जानसक्ने वातावरण भने तयार पार्न सकेन ।’ यस्तो हुनुमा विद्यालय व्यस्थापन, शिक्षक, अभिभावक र स्वयम् बालबालिको शिक्षा प्रतिको घट्दो लगावनै मूख्य कारक मान्नुपर्ने अवस्था रहेको पौडेलले बताइन् । दक्ष शिक्षकको अभाव, कमजोर शिक्षा प्रणाली र अव्यवस्थित शैक्षिक पद्धती मूख्य जिम्मेवार रहेको बताउदै पौडेल थप्छिन्, ‘विद्यालय परिवार राजनीतिक दौडमा लाग्दा बिद्यार्थीको भविश्य अन्योलग्रस्त बन्न पुगेको छ ।’


  •  
  •  
  •