‘राज्यपुनर्संरचनाको कुरा मिले एक हप्तामै संविधान’

116
  •  
  •  
  •  

काठमाडौं, १६ साउन १६ (ओएनएस) :  नयाँ संविधानको मस्यौदा गर्ने जिम्मा पाएको संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले आगामी माघ ८ गते संविधान जारी गर्नेगरी काम भइरहेको बताएका छन् ।
संसद सचिवालय सिंहदरवारमा पत्रकार सम्मेलनको आयोजना गरी सभापति सिटौलाले असोज मसान्त सम्म संविधानको पहिलो मस्यौदा आउने बताए । उनले भने, ‘मस्यौदा समितिको कामको रफ्तारबाट माघ ८ मा संविधान जारी गर्न रोकिदैन हामी, एक हप्तामै मस्यौदा बनाउछौं ।’राज्यपुनर्संरचना र शासकीय स्वरुपको विवाद समाधान भएमा मस्यौदा निर्माणको काम एक हप्तामा सकिने सिटौलाले दावी गरे । संविधानको सबैभन्दा विवादास्पद मानिएको शासकीय स्वरुप र राज्यपुनर्संरचना सम्बन्धी विवाद राजनीतिक संवाद समितिले समाधान गर्ने नियमावलीमा व्यवस्था छ ।


  •  
  •  
  •