प्रदेश सरकारद्वारा चार विधेयकलाई सैद्धान्तिक स्वीकृति

333
  •  
  •  
  •  

पोखरा, ३ चैत (ओएनएस) : प्रदेश ४ सरकारले चार विधेयकलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।

प्रदेश नम्बर ४ को मन्त्रिपरिषद् बैठकले प्रदेश योजना तथा नीति आयोग गठन, वित्तीय समानीकरण, नमूना कर कानून र सार्वजनिक लिखतको प्रमाणीकरण गर्नेसम्बन्धी विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएको हो।

बैठकले तीन विधेयक प्रदेशसभामा पेश गर्ने पनि निर्णय गरेको छ।

पेश गरिने विधेयकमा स्थानीय तह गाउँपालिका, नगरपालिका र महानगरपालिकाको सेवा सुविधासम्बन्धी, प्रदेशसभा सभामुख, उपसभामुख, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र मन्त्रिपरिषद्को तीसबुँदे आचारसंहितासम्बन्धी विधेयक छन्।

प्रस्तावित सेवासुविधासम्बन्धी विधेयक अत्यन्त वैज्ञानिक रुपमा तय गरिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।


  •  
  •  
  •