बीपी विचार यात्रा सुरु

257
  •  
  •  
  •  

काठमाडौं, १ भदौं (ओएनएस) : नेपाली कांग्रेस संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीशेश्वरप्रसाद कोइराालको जन्मशताब्दीका अवसरमा नेपाली कांग्रेसले आइतबारबाट विपी विचार यात्रा सुरु गरेको छ । मोरङको विराटनगरबाट यात्रा सुरु गरिएको हो ।
भारतबाट फर्किएलगत्तै पक्राउ परेका जननायक विशेश्वरप्रसाद कोइरालालाई अड्डासार गरिँदै लगिएको पहाडी बाटोमा नेपाली कांग्रेसले आइतवारदेखि बीपी विचार यात्रा सुरु गरेको छ यात्राको पार्टीका उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले विराटनगरबाट शुभारम्भ गरे ।
बीपीको विचारलाई गाउँगाउँसम्म पुर्‍याउने उद्देश्यले जनशताव्धि अवसर पारेर विराटनगरको आर्दश स्कूलबाट यात्रा प्रारम्भ भएको हो। विचार यात्रा उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले लोकतन्त्रलाई संस्थागत गर्दै निर्धारित समयमा संविधान निर्माण गर्न बीपीको विचार यात्राले सहयोग पुग्ने बताए। उपसभापति रामचन्द्र पौडेलले मुलुकको राष्ट्रिय एकतालाई अक्षुग्ण राख्दै संविधान निर्माणका लागी जनमत तयार गर्न यात्रा प्रारम्भ गरिएको टिप्पणी गरे। दलहरुले राजनितिक मूल्य–मान्यतालाई विर्सदै गएकाले यात्राले सवै दललाई एकताबद्ध बनाउने उनको भनाई छ ।
वनमन्त्री एवं कांग्रेसका नेता महेश आर्चायले बीपी यात्राले शान्ति र संविधान निर्माणमा सहयोग पुग्ने बताए। यात्रा प्रारम्भ सभामा कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला, मोहमद आफताव आलम, ज्ञानेन्द्र कार्की तथा डिला संग्रौलाले विचार राखेका थिए।
विराटनगरबाट सुरू भएको यात्रा सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रमेछाप, सिन्धुली, काभ्रे, भक्तपुर हुँदै भदौ २४ गते काठमाडौंको सुन्दरीजलमा पुगेर टुंगिने छ।

  •  
  •  
  •