सुरू भयो क्यान सफ्टेक

65
  •  
  •  
  •  

काठमाडौं २६ भदौ (ओएनएस) : सूचना प्रविधिको सबैभन्दा ठूलो मेला ‘सुविसु क्यान सफ्टेक २०१४ इन एशोसियसन विथ नियो ईआरपी’ बिहीवारदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मेलामा सूचना प्रविधिसँग सम्वन्धित १ सय ४२ ओटा स्टल राखिएका छन् । मेलामा सफ्टवेयर, कम्प्युटर शिक्षा, बैंकिङ, इन्टरनेट सेवालगायतका स्टलहरू रहेका छन् ।

can softech 2071 (3)

कम्प्युटर र सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले स्मार्ट मोवाइल र ल्यापटप सहितका स्टलहरू थप गरिएको कम्प्युटर एशोसियसन नेपालका अध्यक्ष इन्जिनियर विनोद ढकालले बताए । मेलामा अवलोकनका लागि सर्वसाधारणलाई ५० र विद्यार्थीलाई २५ रुपैयाँ शुल्क तोकिएको छ । मेलामा सूचनाप्रविधिसँग सम्वन्धित विभिन्न विभिन्न कम्पनीहरूले आफ्नो सेवामा विशेष छुट योजना ल्याएका छन् । मेला चारदिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।can softech 2071 (6)

मेलाको सभामुख सुवास नेम्वाङले उद्घाटन गरे । सो अवसरमा उनले सूचना तथा प्राविधि राजनीतिक दलका नेताहरूको प्राथमिकतामा नपरेको बताए । विकासको आवश्यक क्षेत्र सूचना प्रविधिमा ध्यानआकर्षण गराउन आफुले प्रयास गरिरहकेको उनले बताए । कार्यक्रममा विज्ञान तथा वातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले सूचनाप्रविधि विना देशको विकास सम्भव नहुने बताए । साथै उनले अबको एक वर्षभित्र सूचना प्रविधित्र पार्क सञ्चालन गर्नेसमेत बताए । ‘असोज १ गतेसम्म पार्क सञ्चालनको प्रस्ताव मन्त्रिपरिषद्मा पु¥याउन लागेका छौ’ उनले भने ।
क्यानका अध्यक्ष विनोद ढकालले क्यानलाई महासंघमा रुपान्तरण गर्न खोजिएको बताए ।


  •  
  •  
  •