धुर्मुस सुन्तली फाउन्डेसनद्धारा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने घोषणा

993
  •  
  •  
  •  

काठमाडौं, १५ चैत (ओएनएस) : हाँस्य कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेद्वारा धुर्मुस सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको छ। कट्टेल बिहीबार सामाजिक सञ्जालमार्तफ अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने घोषणा गरेका हुन्। चार वटा नमुना बस्ती निर्माण गरिसकेका धुर्मुसले फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् ।

अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको अनुरोध आएकाले निर्णाण गर्ने घोषणा गरेको कट्टेलले जनाउका छन्। उनले ‘नमुना नेपाल’ निर्माण परियोजना र क्रिकेट मैदान निर्माण परियोजना अघि बढाउने बताएका छन्। धुर्मुस–सुन्तली फाउण्डेसनले यसको संयोजन मात्रै गर्ने बताउँदै उनले यसमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

नेपालको क्रिकेटले अन्र्तराष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ । र यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो । फाउण्डेशनले मात्र निर्माण संयोजन गर्नेछ । यसका लागि छुट्टै ईन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ । त्यहि समितिको रोहवरमा ईन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ ।’ गत महिना नेपालले एकदिवसीय मान्यता पाएपछि अन्तर्राष्ट्रिय मैदान निर्माणका लागि सरकार र नीजि क्षेत्रमाथि समार्थकले दबाब दिइरहेका छन्।

धुर्मुसले आफूहरुका लागि दुवै परियोजना महत्वपूर्ण भएको भन्दै लेखेका छन्, ‘हामी नेपालीका लागि दुवै परियोजना महत्वपूर्ण छन् नमुना नेपाल अनि क्रिकेट स्टेडियम । अब भन्नुहोस कुन चाहिँ पहिला ?’


  •  
  •  
  •