तीन एसएसपीको सरुवा

458
  •  
  •  
  •  

काठमाडौं, २३ वैशाख(ओएनएस) : तीनजना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालले उनीहरुको सरुवा गरेको हो ।

महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा आएका छन् भने काठमाडौं परिसर प्रमुखमा उत्तमराज सुवेदी र लागूऔषध अनुसन्धान ब्यूरोमा वसन्त कुमार लामा गएका छन् । त्यस्तै अपराध महाशाखाका रहेका धिरजप्रताप सिंह प्रहरी हेडक्वाटर पुगेका छन् ।


  •  
  •  
  •