भारतीय सिमा सुरक्षा बलले नेपालीलाई निर्धात कुटे

370
  •  
  •  
  •  

महोत्तरी, २६ मंसिर (ओएनएस) :  महोत्तरीको मटिहानीस्थित दशगजामा भारतीय सिमा सुरक्षा बलका सुरक्षाकर्मी महिलाको शरीरमा मोटरसाइकल छोएको बिषयलाई लिएर नेपालकै क्षेत्रमा दोषी भारतीय युवकसँगै एक महिलासहित सात जना निर्दोष नेपालीहरु निर्धात कुटिएका छन् ।

छोटी भन्सार कार्यालय मटिहानी र भारत विहारको मधवापुरलाई जोड्ने दशगजामा भएको घटनालाई लिएर सुरक्षाकर्मीहरु नेपाल प्रवेश गरि एक भारतिय सहित पाँच नेपालीलाई मरनासन्न गरि कुटेका छन । मधवापुरका संजय पुर्वेले आफ्नो भारतिय नम्बरको मोटरसाईकल लिई नेपाल प्रवेश गर्न खोज्दा सुरक्षाकर्मी महिलाको शरीरमा मोटरसाइकलले छोएपनि भनाभन भएको प्रत्यक्षदर्शीले बताए । त्यस लगतै भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरि राइफलको कुनाले देखिने जत्ति सबैलाई कुटेका थिए ।

Matottarai 2

नेपाल तर्फ भागेर आएका पुर्वेसँगै मटिहानीका राजेश मण्डल , उर्मिला देवीको टाउँकोमा गम्भिर चोट लागेको छ । त्यस्तै मझौरा विष्णपुरका राजु प्रसाद गुप्ताको खुटटा तथा मटिहानी ७ का राकेश यादव,गणेश चौधरी र शिवा साहको हातमा चोट लागेको छ । घाइतेहरुको उपचार विहारकै मधवापुर अस्पतालमा उपचार भैरहेको छ ।

दशगजामा जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा सशस्त्र सिमा सुरक्षा कार्यालयबाट सुरक्षाकर्मी परिचालन गरिएपछि मटिहानीको अबस्था समान्य भएको प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले बताए । दुबैतर्फका सुरक्षा प्रमुखहरु बसेर घटना र घाइतेहरुको सम्बन्धमा छलफल गरिने जनाइएको छ ।


  •  
  •  
  •