भारतीय दूतावास भन्छ : एसएसबीले नेपालीलाई गोली हानेको छैन्

179
  •  
  •  
  •  

काठमाडौँ, ९ मंसिर(ओएनएस) : नेपालस्थित भारतीय दूतावासले भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले नेपालीमाथि गोली नचलाएको जनाएको छ । आज बिहान एसएसबीले चलाएको गोली लागी ४ नेपाली घाइते भएको समाचारहरू सार्वजनिक भएपछि भारतीय दूतावासले नेपालीमाथि गोली नचलाएको भन्दै विज्ञप्ति जारी गरी आफ्नो बचाऊ गरेको छ ।

सुनसरीको भण्टाबारीमा छिरेर एसएसबीले गोली चलाएको खण्डन गर्दै तस्करहरूसँग भीडन्त हुँदा हवाई फायर गरेको विज्ञप्तिमा उल्लेख छ । दूतावासले जारी गरेको विज्ञप्तिमा उक्त घटना नेपालभित्र नभएको र घटनामा कुनै पनि नेपाली घाइते नभएको समेत उल्लेख गरेको छ ।

यता, एसएसबीले गोली प्रहारको घटनामा आफ्नो गल्ति भएको स्विकार गरिसकेको छ । एसएसबीले आफ्नो गल्ति स्विकार गरिसकेको अवस्थामा समेत आफूलाई चोखो देखाउने प्रयास भारतीय दूतावासले गरेको छ ।


  •  
  •  
  •