श्रीलंकन खेलाडी एसपीए टीममा अनुबन्ध

321
  •  
  •  
  •  

Srilankan playerधनगढी,  २२ पुस (ओएनएस) : सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता द होटल डिभोटी एसपीए कप क्रिकेट प्रतियोगिताको चौथो संस्करणमा आयोजक सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले श्रीलंकाका स्टेट लेभलका यू–२३ टिमका पर्वकप्तान जिहान हेरार्थलाई अनुबन्ध गरेको छ ।

प्रतियोगितामा एउटा टीमले कम्तिमा २ जना अन्तराष्ट्रिय खेलाडी राख्न पाउने नियमका आधारमा एसपीएले हेरार्थलाई टीममा अनुबन्ध गरेको हो । उनी कोलेम्बोबाट मुम्बई हुदै धनगढी आउने छन् ।

१९ बर्षिया हेरार्थ दायाँ हाते ओपनर ब्याट्सम्यान हुनुका साथै राईट आर्म लेग ब्रेक बलर पनि हुन । भर्खरै डिभिजन फस्ट टुर्नामेन्ट खेलेका उनीले प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि आयोजक एसपीएले उनलाई अनुबन्ध गर्ने निर्णय गरेको एसपीएका टीम म्यानेजर सौरभ ओझाले जानकारी दिए ।

प्रतियोगिताको एक हप्ता अघि उनी धनगढी आईपुग्ने एसपीएले जनाएको छ । अघिल्लो संस्करणको सेमी फाईनलिस्ट टीम एसपीएलाई यस पटकको उपाधि दाबेदार टीमको रुपमा हेरिएको छ ।

प्रतियोगिता माघ १६ गते देखि अञ्चल प्रहरी कार्यालय धनगढीको खेल मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले रु ५ लाख नगद हात पार्नेछ भने उपविजेताले २ लाख नगद पाउनेछन । प्रतियोगितामा देश भरिका १६ टीमले सहभागिता रहेको छ ।


  •  
  •  
  •