श्रीलंकाद्धारा पाकिस्तानविरूद्धको सिरिज कब्जा

61
  •  
  •  
  •  

काठमाडौ, ३० भदौ(एजेन्सी) : पाकिस्तानविरूद्धको तेस्रो टेष्टमा सहज जित हासिल गर्दै श्रृंखला कब्जागरेको छ। पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै श्रीलंकाले ३ एकदिवसिय खेलको सिरिजमाथी २-१ ले कब्जा गरेको हो ।

srilanka won over pakistanरणगिरी धम्बुल्ला इन्टरनेशनल स्टेडियममा आज भएको अन्तिम तथा तेस्रो एकदिवसिय खेलमा श्रीलंकाले पानी परेर खकेल रोकिँदा डर्कवर्थ लुइसका आधारमा पाएको १ सय रनको झिनो लक्ष्य मात्र १८ ओभर २ बल खेल्दै भेट्टाएको थियो । श्रीलंकाका लागि तिलकरत्ने दिल्सनले अविजित ५० रनको योगदान गरे भने माहिला जयवर्द्धनेले २६ रनको योगदान गरेका थिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको पाकिस्तानले मात्र ३२ ओभर १ बलमा आफ्ना सबै विकेट गुमाउँदै १ सय २ रन मात्र जोड्न सक्यो । पाकिस्तानका लागि फवाड आलमले सर्वाधिक अविजित ३८ रनको योगदान गरे भने पाकिस्तानका अन्य २ खेलाडिले मात्र दोहोरो अंक जोडेका थिए । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा श्रींलकाका तिसारा परेराले सर्वाधिक ४ विकेट लिएका थिए । यस्तै, धम्मिका प्रसादले २ विकेट, लासिथ मलिङ्गा, रंगना हेराथ, सेक्कुग प्रसन्नले समान १-१ विकेट लिएका थिए ।

पहिलो एकदिवसिय खेलमा पाकिस्तानले डर्कवर्थ लुइसका आधारमा ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो एक दिवसिय खेलमा श्रीलंकाले ७७ रनले जितेको थियो ।


  •  
  •  
  •