राजापाक्षे युगको अन्त्य

499
  •  
  •  
  •  

२५ पुस (एजेन्सी) : श्रीलंकामा दशकभन्दा लामो समयसम्म शासन चलाएका महिन्दा राजापाक्षे  राष्ट्रपति चुनावमा पराजित हुने निश्चित भएको छ । राष्ट्रपति चुनावको नतिजा आउनु अगावै हार स्वीकार गरेका राजापाक्षेले सरकारी निवास छाडेका छन् ।

राजापाक्षेबिरुद्ध उनकै सरकारका पूर्व स्वास्थ्य मन्त्री मैत्रीपाला सिरिसेनासले प्रारम्भिक नजितामा अग्रता लिइरहेका छन् । सहज सत्ता हस्तान्तरणको सुनिश्चितताका निम्ति निवास छाडेको राजापाक्षेले बताएका छन् । राजापाक्षे झण्डै एक दशकदेखि श्रीलंकाको राजनीतिमा हावी थिए । मतगणनाको शुरुदेखि नै उनको सिरिसेनाले अग्रता लिएका थिए ।

srisena

शुक्रबार साँझसम्म नजिता आउने बताइएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार मैत्रीपालाले राजापाक्षेलाई ४ लाख भन्दा बढि मतले पराजित गर्ने अनुमान गरिएको छ । १९ जनाले प्रतिस्पर्धा गरेको चुनावमा पराजय स्वीकार गरिसकेका राजापाक्षेले सहज रुपमा सत्ता हस्तान्तरण गर्ने उनको सचिवालयले पुष्टि गरेको छ । यसअघि दुई कार्यकालमा लोकप्रीय मत हात पार्दै राष्ट्रपति चुनिएका राजापाक्षेले तेस्रो पटक चुनाव लडेका हुन् ।

उनको पालामा श्रीलंकामा चलेको लामो गृहयुद्धमा अन्त्य भएको थियो । सन् २००९ मा तमिल बिद्रोहिलाई पूर्ण रुपमा दबाउँदै श्रीलंकामा गृहयुद्धको अन्त्य गरेका राजापाक्षेलाई मानव अधिकार हननका अरोप लाग्दै आएको थियो ।

सिंहाली समुदायका राजापाक्षे अल्पसंख्यक समुदायबीच अलोकप्रिय मानिदै आएको छ । अल्पसंख्यक तमिललाई दबाएर गंभिर मानवअधिकार उल्लंघन गरेको आरोप राजापाक्षेलाई लाग्दै आएको छ । राजापाक्षेलाई विस्थापीत गरेका मैत्रीपाल पनि सिंहाली समुदायकै हुन् । लामो समय राजापाक्षे र मैत्रीपाल साथी थिए ।

गत नोभेम्बरमा आचश्र्यजनक रुपमा राष्ट्रपति चुनावमा लाड्ने घोषणा गरेका मैत्रीपाललाई अल्पसंख्यक समुदायको भोट आएको विश्वास गरिएको छ । शुक्रबार साँझ अन्तिम मत परिणामको घोषणा पछि राष्ट्रपतिको शपथ पनि हुने बताइएको छ ।

यसअघि अघिल्लो महिना सार्क सम्मेलनको दौरान राजापाक्षे नेपाल आउँदा आफ्नो चुनावको प्रचार गरेका थिए । सार्क नेताहरुसँग चुनावबारे साक्षात्कार गरेका राजापाक्षेलाई सार्क नेताहरुले सुभकामना दिएका थिए ।

election


  •  
  •  
  •