कोलकातालाई पराजित गर्दै हैदराबाद क्वालिफायरमा

168
  •  
  •  
  •  

Vivo IPL 2016 Eliminator - SRH v KKRकाठमाडौँ, १३ जेठ(ओएनएस) : इण्डियन प्रिमियर लिग(आइपिएल)मा सनराइजर्स हैदरावाद क्वालिफायर प्रवेश गरेको छ । गयराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई २२ रनले पराजित गर्दै हैदराबाद क्वालिफायरमा प्रवेश गरेको हो । हैदराबादले दोस्रो क्वालिफायरमा गुजरात लायन्ससँग फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछ ।

गयराति सम्पन्न खेलमा १ सय ६३ रनको विजय लक्ष्य पछ्याउने क्रममा कोलकाता मात्र १ सय ४० रनमा समेटिएपछि २२ रनको जित हासिल गर्दै क्वालिफायरमा प्रवेश गरेको हो । निर्धारित २० ओभरको खेलमा कोलकाताले ८ विकेट गुमाएर १ सय ४० रन जोडेको थियो । उक्त स्कोरसम्म टोलीलाई पुर्‍याउनका लागि मनिस पाण्डेले सर्वाधिक ३६ रनको पारी खेलेका थिए भने गौतम गम्भिरले २८ रन, सुर्यकुमार यादवले २३ रन जोडेका थिए ।

हैदराबादका लागि भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए भने मोइसिस हेनरिक्सले २ तथा बेन कटिङ र बरिन्दर स्रानले १-१ विकेट लिएका थिए ।

यसअघि ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ६२ रन जोडेको थियो । उसका लागि युवराज सिंहले सर्वाधिक ४४ रन जोडेका थिए । यस्तै, मोइसिस हेनरिक्सले ३१ रन, कप्तान डेभिड वार्नरले २८ रन र दीपक हुडाले २१ रन जोडेका थिए । कोलकाताका लागि कुलदीप यादवले ३ विकेट लिएका थिए भने मोर्ने मोर्केल र जेसन होल्डरले समान २-२ विकेट लिएका थिए ।

खेलको म्यान अफ दी म्याच ३१ र २ विकेट लिएका हेनरिक्स घोषित भएका छन् ।


  •  
  •  
  •