‘नेपालको खेलकुद क्षेत्र गरुणको छाया परेको सर्प जस्तो’

636
  •  
  •  
  •  

काठमाडौं, १५ साउन (ओएनएस) : खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबीचको विबादका कारण नेपालको खेलकुद क्षेत्र अस्तव्यस्त बनेको भन्दै काग्रेस सभासदले सदनमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

व्यबस्थापिका संसदको बैठकमा सभामुखसंग समय लिएर काग्रेस सभासद् धनराज गुरुङले खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुदको परिषदको चपेटामा परेको बताएका हुनु । ‘नेपालको खेलकूद क्षेत्र अस्तव्यस्त छ, राजनीतिक छायाँका कारण खेलकूद क्षेत्र गरुणको छाँयामा परेको सर्प जस्तो भएको छ, उनले भने, ५० दिनपछि सुरु हुने १७ औ एसियाली खेलकूद तयारी अस्त व्यस्त छ ।’

खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुदको परिषदको चपेटामा एसियाली खेलकुद प्रतियोगिता छायामा परेको भन्दै उनले बिधि, बिधान र नियम संगत अगाडी बढाउन सरकारको ध्यानाकर्षण गराए ।


  •  
  •  
  •