सुन्दर महिला पत्रकारलाई फुटबल मैदान छिर्न प्रतिबन्ध

180
  •  
  •  
  •  

katrina sekrobichकाठमाडौ, २२ कात्तिक(एजेन्सी) : सर्वियाकी एक महिला टिभी रिपोर्टरलाई राम्री भएकै कारण फुटबल मैदानमा छिर्न प्रतिबन्ध लगाइएको छ । सञ्चारमाध्यमहरूका अनुसार टिभी रिपोर्टर कट्रिना सेक्रोबीचलाई राम्री भएको र उनको सुन्दरताका कारण खेलाडी आफ्नो ध्यान खेलमा लगाउन नसकेको भन्दै मैदान भित्र प्रवेश गर्न प्रतिबन्ध लगाइएको हो ।

katrina sekrobich3यस घटनाले सबैतिर तरंगनै ल्याएको छ भने सामाजिक सञ्जाल समेत उनको पक्षमा उभिएका छन् । केही दिन पहिलो २५ वर्षीया टिभी रिपोर्टर कट्रिनालाई लिएर एक फुटबल टोलीका खेलाडीले गुनासो व्यक्त गरेका थिए । उनीहरुले कट्रिना सुन्दर भएकाले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न नसकेको गुनासो पोखेका थिए ।

katrina sekrobich2कट्रिनाले आफ्नो सुन्दरताका कारण आफ्नो जागिर नै धरापमा परेको बताएकी छिन् । टिभी रिपोर्टर कट्रिनाले आफ्नो उपस्थितिले खेलाडीको ध्यान भट्किएको कारण उनलाई धेरै पटक मैदानबाट बाहिरिनका लागि भनिने गरेको बताएकी छिन् । कट्रिनाविरूद्ध गुनासो गर्ने फुटबल टोलीको नाम हो रेड स्टार बेलग्रेड । यो टोली सर्बियन सकर लिगमा निकै राम्रो टोलीको रूपमा चिनिने गरिन्छ ।

katrina sekrobich4 katrina sekrobich1


  •  
  •  
  •