रौतहटमा जारी बालिका राष्ट्रिय फुटबलमा आज दुई खेल हुदै

91
  •  
  •  
  •  

रौतहट, २६ असोज (ओएनएस) : रौतहटमा जारी १७ वर्ष मुनिका बालिकाको राष्ट्रिय फुटबल प्रतियोगिता आइतवार दुई खेल हुने भएका छन् । चन्द्रनिगाहपुर रहेको खेल मैदानमा दिउँसो १ बजे सर्लाही र झापा भिड्ने भएका छन् ।

यस्तै दोस्रो खेल दिउँसो ३ बजे काठमाण्डौ र बाराबीच हुने आयोजकले जनाएको छ । हिजो भएको उद्घाटन खेलमा रौतहटले बिजयी शुरुवात गरेको छ । खेलमा मोरङलाई १ का विरुद्ध ३ गोल गर्दै रौतहट बिजयी भएको हो । रौतहटका लागि खेलको ४ औ मिनेटमा एलिना जिम्बाले गोल गरि अग्रता दिलाएउनु भएको थियो । यस्तै ५ औ मिनेट मोरङका लागि सरु लिम्बुले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । मध्यान्तरपछि खेलको ३६ औ मिनेटमा रौतहटकी अन्जली योन्जनले गोल गर्दै रौतहटको गोल अन्तर दोब्बर पारिन् ।

खेलको ६० आंै मिनेटमा रौतहटकी मिथिला कुश्वारले गोल गर्दै मोरङलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै रौतहट विजयी भएको हो । यस्तै दोश्रो खेलमा ताप्लेजुङले मकवानपुरलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

ताप्लेजुङले मकवानपुरलाई ० का विरुद्ध ९ गोलले पराजित गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भएको प्रतियोगितामा १२ जिल्लाले प्रतिस्पर्धा गर्ने छन् । लिग कम नक आउटका आधारमा खेलाइने प्रतियोगितामा रौतहटसहित काठमाण्डौ, झापा, मोरङ, ताप्लेजुङ, सर्लाही, मकवानपुर, नवलपरासी, बारा, बाँके, कञ्चनपुर र कैलाली जिल्लाका बालिका टोलीले प्रतिस्पर्धा गर्नेछन् । कात्तिक २ गतेसम्म हुने प्रतियोगिताको विजेता टोलीले ट्रफी र प्रमाणपत्रसहित एक लाख, उपविजेताले ५० हजार तथा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।


  •  
  •  
  •