वेंगरले होस गुमाएपछि चेल्सीको जित

326
  •  
  •  
  •  

काठमाडौं, २१ असोज :आर्सेन वेंगर निकै आक्रामक थिए तर जोजे माउरिन्होले उनलाई गतिलो जवाफ फर्काए । चेल्सीले लन्डनको प्रतिद्वन्द्वी आसैनलाई २–० ले पराजित गर्दै आइतबार इङ्गिलस प्रिमियर लिगको शीर्ष स्थानमा अग्रता कायम रह्यो ।

तर खेल भने आर्सनलका प्रशिक्षक वेंगरले स्वाभाविक शान्त बानी त्यागेर विपक्षी प्रशिक्षक माउरिन्होलाई साइडलाइनमा धकेलेको घटनाका कारण चर्चित भयो । आर्सनलकै पूर्वकप्तान सेस फाब्रिगासले चेल्सीको दोस्रो गोलको मौका सिर्जना गरे । स्पेनिस मिडफिल्डरको पासमा उनकै देशका स्ट्राइकर डिएगो कोस्टाले समय सकिन १२ मिनेट बाँकी रहँदा गोल गर्दै चेल्सीको जीत पक्का गरे ।

जसले माउरिन्होको टोलीलाई अंकतालिकामा साबिक बिजेता म्यानचेस्टर सिटीभन्दा ५ अकंले माथि कायम रह्यो । सात खेलको समाप्तिमा १९ अंकका साथ चेल्सी शीर्ष स्थानमा रहँदा सिटी १४ अकंका साथ दोस्रो स्थानमा छ भने आर्सनल १० अकंका साथ आठौं स्थानमा सीमित छ । सप्ताहान्तमा विजय हाँसिल गरेका म्यानचेस्टर युनाइटेड र टोटेनह्यामले पनि अकंतालिकामा आर्सनलाई उछिनेको छ । 

नागरिक दैनिकबाट


  •  
  •  
  •