एसियाडमा नेपाललाई पहिलो पदक

102
  •  
  •  
  •  

काठमाडौं, १६ असोज (ओएनएस): दक्षिण कोरियामा जारी सत्रौ एसियाडमा नेपालले पहिलो पदक जितेको छ । करातेको महिला एकल कातामा विमला तामाङले मुलुकलाई सत्रौं एशियाडमा पहिलो पदक दिलाएकी हुन् ।

सेमिफाइनलमा भियतनामकी खेलाडी नाम गुयोनसंग पराजित भएपछि उनले काश्यपदक भिडन्त पक्का गरिन् । र, उत्तर कोरियाली जुइ काङलाई ५–० ले पराजित गर्दै बिमलाले पदक दिलाएकी हुन् ।


  •  
  •  
  •